फेसियल हाउसमा ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’का प्रतियोगीको हेयर र स्किन टेस्ट



‘मिसेस नेपाल इन्टरनेसनल २०१९’का ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट बुधबार फेसियल हाउसमा सम्पन्न भएको छ ।

मिसेस नेपाल इन्टरनेसनल २०१९ का ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट गर्ने कार्य फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी सौन्दर्यविद सुष्मा महराको नेतृत्वमा सम्पन्न भएको हो । सो अवसरमा फेसिअल हाउसले प्रतिस्पर्धीहरुको सम्मानमा केक समेत काटेको थियो ।

रिबन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३६ जना महिला बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगीले विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण लिइरहेका छन् ।

पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचबिखनविरुद्धको अभियान समेत सञ्चालन गरिनेछ भने यस वर्षको विजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । विजेताले पुरस्कारस्वरूप स्कुटर पनि पाउनेछिन् ।

रिबन इन्टरटेनमेन्ट आगामी असोज ८ गते जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता आयोजनाको तयारीमा रहेको छ । प्रतियोगीतामा कोरियोग्राफर आश्विनि कुमार झाले गर्ने बताइएको छ । प्रतियोगीतामा विभिन्न पेसा तथा गृहिणी जीवन बिताइरहेका महिलाहरुले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal