अक्षयको २ सय करोड कमाउने पहिलो फिल्म बन्यो ‘मिसन मंगल’



बलिउड नायक अक्षय कुमारले अहिले जुन फिल्ममा काम गरेपनि त्यो हिट भैरहेको छ । तर, उनले २ सय करोडको आँकडा भने अहिलेसम्म छुन सकेका थिएनन् । पछिल्लो समयको उनको फिल्म ‘मिसन मंगल’ले अक्षयलाई २ सय करोडको सफलता दिएको छ ।

अक्षय कुमारको मुख्य भूमिका रहेको ‘मिसन मंगल’ले रिलिज भएको चौथो सातामा २ सय करोडको आँकडा छोएको हो । भारतको एक बैज्ञानिकको मंगल ग्रहको योजनाको कथामा यो फिल्म बनेको छ । फिल्ममा अक्षय संगै विद्या बालन, तापसी पन्नु , सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal