बिष्णु माझीको गीतमा केकीको ठुम्का (भिडियो)



बिष्णु माझी र बिनोद बिसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी, गम्भीर बिष्ट र सुरज श्रेष्ठ फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal