‘रातो टिका निधारमा’को टाइटल ट्रयाक सार्वजनिक



फिल्म ‘रातो टिका निधारमा’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । अशोक शर्मा निर्देशित फिल्मको सार्वजनिक टाइटल ट्रयाकमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह, अंकित शर्मा, निता ढुंगाना, बुद्दि तामाङ, रबिन्द्र कुमार झा, शिवहरी पौडेल लगायत फिचर्ड छन् । अशोक आफैले निर्देशन गरेको फिल्म ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’बाट फिल्मको नाम जुराइएको हो । सोही गीतलाई रिमेक गरेर यो फिल्ममा समावेश गरिएको हो ।

पुरानो गीतमा महानायक राजेश हमाल र सदावहार नायिका करिष्मा मानन्धरले अभिनय गरेका थिए । दयाराम दाहालको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको ओरिजिनल गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको थियो ।

रिमेक गरिएको गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियो बषन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा वैदेशिक रोजगारले गाउँमा भएको समस्यालाई प्रस्तुत गरिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

ए.ए. ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । फिल्ममा किरण शर्मा र कृति शर्माको निर्माण रहेको छ । किरण शर्मा र कृति शर्माको निर्माण रहेको फिल्ममा पुरुषोत्तम प्रधानले छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal