‘तिम्रो शहर’ म्युजीक भिडियो ट्रेलर : सरौतो निर्देशक हरी हुमागाई देखि आमिर गौतमको एक्सन



केही समय अगाडिसम्म नेपाली गीतका भिडियोहरु न्युन स्तरका निर्माण हुन्थे । कतिपय अवस्थामा राम्रा गीतहरु भिडियो कै कारण पतन भएर गएका थुप्रै उदाहरणहरु छन् । तर, पछिल्लो समय त्यो अवस्था फेरिएको छ । म्युजिक भिडियो निर्माणमा लगानी बढ्न थालेको छ । अहिले भिडियो कै कारण कतिपय गीतहरुले चर्चा बटुल्न सफल समेत भएका छन् । वर्तमानमा फिल्मको छनक दिने खालका कथा समेटिएका म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । कथालाई केन्द्रमा राखेर भिडियो निर्माण गर्ने निर्देशकहरुको भिडमा अग्रपंतीमा आउने नाम हो निशान (कश्यप) घिमिरे ।

भिडियो सम्पादनबाट निर्देशनमा होमिएका घिमिरेले केही समय अगाडि देखि स्टोरी वेस्ड भिडियोहरु निर्देशन गर्दै आएका छन् । उनकै निर्देशन रहेको ‘तिम्रो शहर’ बोलको गीतको भिडियो ट्रेलर सार्वजनिक भएको छ जुन ट्रेलर हेर्दा कुनै फिल्मको ट्रेलर हेरेको भान हुन्छ ।

गायक सन्तोस कालिकोटेको स्वर, यमन सुवेदीको शब्द तथा मनोजराज सिवाकोटीको संगीत रहेको गीतको क्राइम स्टोरी वेस्ड एक्सन ट्रेलर सार्वजनिक भएको हो । ट्रेलर मल्टि स्टारर छ । भिडियोमा अभिनेता अमिर गौतम, चर्चित छायाँकार तथा फिल्म ‘सरौतो’ निर्देशक हरि हुमागाई, मोडल सुशिला थापा, भिडियो निर्देशक युवराज वाइबा, लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोमा उत्तम हुमागाईको छायांकन, बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal