फिल्म ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक



मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण यूनिटले फिल्ममा समावेश ‘सुनैना सुनैना’ बोलको गीत सार्वजनिक गरेको हो । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । फिल्मका मुख्य कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई फिचर गरिएको गीतको भिडियोमा राम गौतमको कोरियोग्राफी रहेको छ ।

फिल्ममा प्रेम र आयुष्मासंगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतीमा राम गौतमको निर्देशन् रहेको फिल्मका लेखक, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् । निर्माणमा प्रेमलाई कमल सुनार र सीता सुनारले सघाएका छन् भने कार्यकारी निर्मातामा उत्तम केसी र देविन गहतराज रहेका छन् ।

फिल्ममा अर्जुन पोखरेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी र दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal