‘को बन्छ करोडपति’ले दियो जैनलाई करोड रुपैयाँ



‘को बन्छ करोडपति’ नेपाली संस्करणले आफ्नो पहिलो करोडपति विजेतालाई चेक हस्तान्तरण गरेको छ । काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरी विजेता राजिव जैनलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण गर्दै नेपालको लागि को बन्छ करोडपति कार्यक्रमको अधिकार लिएका एस आर वि एनका प्रमुख विपिनकुमार आचार्यले कार्यक्रम सफलतापुर्वक सकिएको भन्दै खुशी व्यक्त गरे । आफूले कार्यक्रम गर्दा सुरुवाती समयमा अफ्ठ्यारा र समस्या भोगे पनि कार्यक्रमले धेरैको मन जित्न सफल भएकोमा खुशी भएको बताए । नाफा भयो की घाटा भयो ? पत्रकारको जिज्ञासामा आचार्यले भने, पैसाको हिसाबले हेर्ने हो भने हामी घाटामा छौँ, त्यसमा कुनै शंका नै छैन । तर दर्शकको माया र साथको हिसाबले हेर्ने हो भने हामी नाफामा छौँ ।

चेक हस्तान्तरण गरे महानायक राजेश हमालले को बन्छ करोडपतिले संसार भर रहेका नेपालीहरुलाई नेपालसंग जोड्न काम गरेको बताए । कार्यक्रम पश्चात आफू विदेश भ्रमणमा रहदाँ धेरै नेपालीले नेपालको बारेमा कार्यक्रमको मार्फत धेरै जानकारी पाएको भन्ने प्रतिक्रिया आफूले पाएको बताएका छन् । को बन्छ करोडपति कार्यक्रमको पहिलो सिजनमा भएका कमि कमजोरीहरु आगामी दिनमा सुधार गर्दै लैजाने पनि राजेशले बताए ।

नेपालको पहिलो को बन्छ करोडपती बनेकोमा खुशी ब्यक्त गर्दै विजेता राजिव जैनले को बन्छ करोडपतिलाई धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal