‘पासवर्ड’ प्रिमियरमा मिडियासँग डराइन् सन्नी



फिल्म ‘पासवर्ड’ प्रिमियरमा सहभागी हुन नेपाल आएकी भारतीय नायिका सन्नी लियोनीले नेपाली मिडिया देखेर डर लागेको बताइन् । भव्य रुपमा आयोजना गरिएको प्रिमियरमा फिल्मका कास्टहरुको उपस्थिति रहेको थियो ।

दुई सय पचासको हाराहारीमा उपस्थित मिडिया कर्मी अगाडि नर्भस हुँदै उनले सम्यमित हुनका लागि अनुरोध समेत गर्नु परेको थियो । मिडियाको एक हुल कार्यक्रमको स्टेज मै चढेपछि सुरक्षाकर्मीले भिड नियन्त्रण गरेका थिए ।

शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म पासवर्डका समावेश एक गीतमा सन्नीको आइटम डान्स रहेको छ । फिल्ममा नायक अनुप विक्रम शाही, विक्रम जोशी लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal