असोज १७ देखि शुभेच्छाको ‘शिवम्’ प्रदर्शन हुने



राजु गिरीको निर्देशन रहेको फिल्म ‘शिवम्’ असोज १७ गते देखि प्रदर्शनमा आउने भएको छ । एस।के। प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

श्रीकृष्ण बम मल्लको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ । फिल्मलाई पर्बत कार्की र कल्पना खरालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको फिल्म आफ्ना अघिल्ला फिल्महरु भन्दा धेरै फरक रहेको र फिल्ममा मनोरंजनका सम्पुर्ण खुराक समावेश भएकाले दर्शकले फिल्म मन पराउनेमा आफु विश्वस्त रहेको निर्देशक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal