कुमार पौडेलको ‘यो दुनियाँ’ (भिडियो)



गायक कुमार पौडेलको आधुनिक गीत ‘यो दुनियाँ’को भिडियो सार्वजनिक भएको छ ।
बुढेशकालमा आउने शारिरिक समस्या पछि परिवारमा भोग्नु पर्ने पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ र एरेन्ज कमल सौरागको रहेको छ ।

गायक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज के.सी.को निर्देशनमा सार्वजनिक भएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा (ज्ञानमाला) र अमोग ढुंगेलको अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाँईको छाँयाकन, प्रकाश एस.केको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal