फिल्म ‘निल काँडा’ छायाँकन सुरु



दिनेशराज शर्माको निर्देशन रहने फिल्म ‘निल काँडा’को शुभ मुहुर्त गर्दै पुर्वको विर्तामोडबाट छायाँकन सुरु गरिएको छ ।

मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन), रिस्ता बस्नेत, नब नायक बिक्रन्त गिरि, नब नायिका तेजश्वनी बास्कोटा साथै उमा बेबी, श्याम चौधरी, याम खरेल लगातका कलाकारको अभिनय रहनेछ । तेजश्वनी बास्कोटाको कथा रहेको फिल्ममा संबाद/पटकथा दिनेशराज शर्मा रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहने फिल्ममा नव नायक दिपिक तिवारीको मुख्य साहयक निर्देशन समेत रहनेछ । फिल्ममा विकाश चौधरीको संगीत, हरी उप्रेती, दिनेस राज शर्मा, आरबी खड्काको गीत लेखन तथा बिनोद सापकोटाको छायाँकन रहनेछ । फिल्म मंसिर १५ गते देखी प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal