‘चपली हाइट ३’ निर्माण घोषणा



फिल्म ‘चपली हाइट ३’को औपचारिक घोषणा भएको छ । राजधानी एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले फिल्मको कास्ट एण्ड क्रु मिडियासामु परिचित गराएको हो । अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र आमिर गौतम मुख्य भूमिकामा रहनेछन् ।

एडल्ट सिरिजको ‘चपली हाइट ३’बाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले डेब्यु गर्दैछन् भने फिल्ममा नायिका सुपुष्पा भट्टको समेत अभिनय रहनेछ । अभिनेत्रीद्वय स्वस्तिमा र सुपुष्पाले फिल्मको कथाबस्तु र भूमिका दमदार भएका कारण फिल्ममा आवद्द भएको बताए । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण रहने फिल्मलाई चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको निर्माण पक्षले बताएको छ । सोही कार्यक्रममा फिल्म ‘चपली हाइट ३’ पश्चात ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ लगायतका फिल्म निर्माण गरिने जानकारी समेत गराइयो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal