‘रातो टिका निधारमा’को दशैँ थिम पोस्टर



असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडीबाट प्रदर्शनमा आउने फिल्म ‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारले गाउँमा भएको समस्यालाई प्रस्तुत गरिएको फिल्मको केही रङ्गिन तस्विरहरु सार्वजनिक भएका हुन् । दशैँको थिममा प्रस्तुत गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई मुख्य स्थान दिइएको छ । अर्को पोस्टरमा कलाकारहरु रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायत अटाएका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । फिल्ममा किरण शर्मा र कृति शर्माको निर्माण रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal