विप्लवका छोरा प्रकाश चितवनमा पक्राउ



सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।


चितवन मेडिकल कलेजबाट उनलाई पक्राउ गरिएको चितवनका प्रहरीले जानकारी दिए । केहीदिन अगाडिदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको छ । प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal