फेसियल हाउसको आयोजनामा पोखरामा वृहत सौन्दर्य कला सम्बन्धि सेमिनार हुने



भाद्र ३० र ३१ गते पोखरामा वृहत सौन्दर्य कला सम्बन्धि सेमिनार हुने भएको छ । फेसियल हाउसको आयोजनामा फिसियल हाउसकै प्रबन्धक तथा बरिष्ठ ब्युटिसियन सुष्मा महराले उक्त सेमिनार संचालन गर्न लागेकी हुन् । सुन्दर नगरी पोखरा सौन्दर्य व्यवसयको लागी महत्वपुर्ण शहर भएको र त्यहाँको मागलाई ध्यानमा राखेर सेमिनार आयोजना गर्न लागेको महराले बताएकी छिन् ।

पोखरा चिप्लेढुङ्गा स्थित ट्रेडमलमा रहेको फेसियल हाउसको ब्रान्चमा हुने उक्त सेमिनारमा सौन्दर्य सम्वधी कुनै पनि समस्याको समाधान र सौन्दर्य सम्बन्धि जानकारी दिइने महराले बताइन् । सेमिनारमा सहभागी हुन चाहनेले पोखरा ट्रेडमलमा रहेको फेसियल हाउसको ब्रान्चमा सम्पर्क गर्न सकिने फिसियल हाउसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal