एसडी र मेलिनाको ‘आँखा लाउन’



गायक तथा सङ्गीतकार एस.डी योगी र गायिका मेलिना राईको स्वर रहेको गीत ‘आँखा लाउन’को भिडियो सार्वजनिक भएको छ । गीतमा नायिका मरिश्का पोख्रेल र आरजेश रेग्मी फिचर्ड छन् । मणिराज पौडेलको निर्देशन, विशाल प्रजापतिको छायाङ्कन र विष्णु खड्काको सम्पादन रहेको गीतको शब्द राम अविरल बिस्टले कोरेका हुन् ।

मरिश्का र आर्जेशको साथै गीतमा सन्जित प्रताप मल्ल र अजय पुनको पनि अभिनय रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । गायक तथा संगीतकार योगी पछिल्लो समय नेपाली फिल्मको प्ले ब्याक सिङ्गिङ तथा संगीतमा समेत ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal