‘काले दाई’ ट्रेलर सार्वजनिक



फिल्म ‘काले दाई’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म जातको कारणले प्रेममा उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेको अनुमान सार्वजनिक ट्रेलरबाट गर्न सकिन्छ ।

‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव शर्मा निर्देशित फिल्म नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको छ ।

इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको फिल्ममा पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । फिल्म असोज १७ गते देखी प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal