‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक



फिल्म ‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, पुजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर र राजाराम पौडेल लगायत फिचर्ड छन् ।

गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ । अर्जुन पोखरेलको संगीत तथा नृपेश उप्रेतीको शब्द रचना रहेको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले छायाँकन गरेका हुन् । शिशर राणाको निर्देशनमा निर्माण भएको फिल्म आगामी कार्तिक ८ गते तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal