तपाइँले जे भने पनि हामीले मिलाएर बुझ्नु पर्ने हो पुजा जी ?



फिल्म ‘पोई पर्यो काले’को गीत सार्वजनिक कार्यक्रममा फिल्म कि नायिका पुजा शर्माले आफुले आफ्नो ब्यानर बाहिरको पहिलो फिल्म पोई पर्यो काले रहेको र यस फिल्ममा अनुबन्धित हुँदै गर्दा आफुलाई के हुने हो भन्ने डर रहेको तर पछी फिल्म सुटिङ गर्दै जाँदा सहज रुपमा फिल्मको छायांकन सकिएको बताइन् ।

उनको यो अभिव्यक्ती पछी एक पत्रकारले उनलाई तपाइँको ब्यानर बाहिरको पहिलो फिल्म पोई पर्यो काले नै हो त ? सम्झनुस् त यसअघि कुन कुन फिल्ममा अभिनय गर्नु भयो ? भनेर प्रश्न गरे । यस प्रश्नको जवाफ दिँदै पुजाले भनिन्, ‘मैले फिल्म भनेको होइन टिमको कुरा गरेको । मैले त्यती भनेसी तपाइँले बुझ्नु हुन्छ होला भन्ठानेर भनेको । अब पुरै क्लियर गर्नु पर्छ भने गर्दिएँ । अब भयो ?’

पुजाको यो जवाफले उनमा ब्याप्त घमण्ड प्रस्ट झल्किन्थ्यो । अर्को तर्फ उनले अप्रतक्ष रुपमा मैले जे भने पनि तिमीहरुले मिलाएर बुझिदिनु पर्छ भन्न पनि खोजेकी छिन् । तपाइँको बुझाईमा तपाइँले जे भने पनि हामीले मिलाएर बुझ्नु पर्ने हो पुजा जी ?

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal