यशराजको फिल्ममा साहरुख फाइनल



भारतीय मिडिया अनुसार, नायक साहरुख खान नयाँ चलचित्रमा देखिने भएका छन् । भारतकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी यशराज फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र खानले साइन गरेका छन् ।

चलचित्र ‘जीरो’को असफलतापछि नायक साहरुख खानले नयाँ चलचित्रमा काम गर्न केही समय लिएका छन् । तर, उनले आफूलाई दर्शकमाझ धमकेदार रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ । यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गर्ने पक्का भएको छ । यशराज फिल्मस् स्थापनाको ५० औैं बर्ष पुगेको अवसरमा यो चलचित्रको घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal