पुरानो टीम बाहिरियो,भद्रगोल आजबाट पुनः प्रशारणमा



नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रीय हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्ताको अन्तरालपछि पुन प्रशारण हुने भएको छ ।

तर, निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसहितको २१ जनाको समूह भने यस टेलिश्रृंखलाबाट बाहिरिएको छ ।पाँडे र जिग्रीसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोइराला जस्ता चर्चित्र पात्रहरु अब भद्रगोलमा देखिने छैनन् । आजबाट सुरु हुने श्रृंखलालाई ज्योती काफ्ले र अशोक धितालले संयुक्तरुपमा लेखन तथा निर्देशन गर्ने भएका छन् ।

नक्कली बाबुराम भट्टराईको भूमिकाबाट चर्चित ज्योति भद्रगोलका प्रारम्भिक श्रृंखलामा मधेसी युवाको भूमिकामा अभिनय गर्थे । उनले अब सोही भूमिकालाई निरन्तरता दिनेछन् । अशोक भने जिग्री-पाँडेको समुहमै थिए । उनले भद्रगोलमा बाहुन डनको भूमिका निभाउँदै आएका छन् र सोही भूमिकालाई निरन्तरता दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal