उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । उनलाई पत्रकारहरुले स्वास्थ्य अवस्था बारे प्रश्न गरेका थिए ।

उपचारका लागी ओली भदौ ५ गते दोश्रो पटक सिंगापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal