‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक



असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडीबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार फिल्म टिम र सञ्चारकर्मी बीच तीजको दर कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर देखाईएको थियो तर युटुबमा भने ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ ।

चलचित्रमा वैदेशिक रोजगारले गाउँमा भएको समस्यालाई प्रस्तुत गरिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । ट्रेलर हेर्नुस् :

अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको निर्माण रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal