‘पोइ पर्‍यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक



फिल्म ‘पोइ पर्‍यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्बजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा र सोहित मानन्धर अटाएका छन् । पोस्टर निकै सामान्य देखिन्छ । साधारण तया पोस्टरले फिल्मको वा फिल्म भित्रको कुनै सिनको थिम बोकेको हुन्छ । तर, ‘पोइ पर्‍यो काले’को सार्वजनिक पोस्टरमा न कुनै थिम छ न पोस्टर नै आकर्षित छ । निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर मै लापरवाही गरेको देखिन्छ ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्ममा बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयमको अभिनय रहेको छ भने नायिका सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन् ।

दीपक मनाङे (राजीव गुरुङ), अमला देवी राई, किरण नेपाली, अर्जुन खनियाँ र देव तामाङ लगायतको निर्माणमा बनेको फिल्ममा लाल बहादुर खाती, अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन र शिब ढकालको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal