पल शाह भन्छन् आँचल र म ‘आप जोडी थियौँ, छौँ, रहनेछौँ’



नायक पल शाहले पछिल्लो समय नायिका आँचल शर्मासंग आफ्नो नाम जोडेर सामाजिक संजालमा देखिएका कृया-प्रतिकृयाको बारेमा बोलेका छन् । सामाजिक संजालमा स्टाटस पोस्ट गर्दै उनले आँचलको नयाँ जीवनलाई लिएर सो विषयमा आफ्नो नाम नमुछिदिनका लागी आफ्ना शुभचिन्तकलाई अनुरोध समेत गरेका छन् ।

यसअघी पल र आँचल प्रेममा रहेको चर्चा चल्ने गरेपनी उनीहरुले आफुहरु साथी मात्र रहेको बताउँदै आएका थिए । केही फिल्म र म्युजिक भिडियोमा एक साथ अभिनय गरेका पल र आँचललाई ‘आँप’ जोडीको उपनाम समेत मिलेको थियो । उनीहरुको जोडीलाई रुचाएका दर्शकले पल र आँचललाई बिहे गर्न समेत सुझाउन थालेका थिए ।

तर, पछिल्लो समयको अवस्था फेरिएको छ । पल र आँचलको जोडी फिल्ममा एक साथ नदेखिएको धेरै हुन लाग्यो । त्यसै बिचमा आँचल प्रेममा रहेको समाचारहरु सार्वजनिक हुन थाले । आँचल शर्मा डाक्टर उदिप श्रेष्ठसंग प्रेममा रहेको समाचारहरु सार्वजनिक हुँदै आएका छन् । तर, यस बिषयमा नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले भने केही बोलेका छैनन् । त्यही समाचारहरुलाई आधार मानेर सामाजिक संजालमा आँचलले पललाई धोका दिएको भन्दै केही शुभचिन्तकहरुले आँचललाई गाली गरेका छन् ।

आँचललाई गालीको बर्षात हुन थालेपछी पलले स्टाटस पोस्ट गर्दै ‘आप जोडी थियौ छौ रहनेछौ’ भनेका छन् । उनले स्टाटस मार्फत आँचलसंग आफ्नो प्रेम सम्बन्ध रहेको भन्ने सबै अफबाह मात्र रहेको र आफुहरु राम्रो साथी मात्र भएको प्रस्ट पारेका छन् । उनले आँचलको नयाँ जीवन र आफुहरुको मित्रतालाई गलत बुझेर गाली नगर्न शुभचिन्तकलाई अनुरोध गरेका छन् ।

पलको स्टाटस जस्ताको तस्तै :
‘मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ,
आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ । सबै अफबाह थियो । केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाको नया जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहालाई गाली नगरिदिनु होला । उहाको नया जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु । तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !!
आप जोडी थियौ छौ रहनेछौ !
अन्तमा उहाको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु !! हरितालिका तिजको सबैलाई धेरै धेरै शुभकामना’ उनले स्टाटसमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal