चर्चामा सुष्मा महराको पहिलो तीज गीत ‘तीज आयो’

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक भएको महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन सुष्मा महराको शब्द रहेको तीज गीत ‘तीज आयो’ले छोटो समयमा चर्चा बटुल्न सफल भएको छ । चर्चित गायिका मीना निरौलाको संगीत तथा स्वर रहेको उक्त तीज गीतको भिडियोमा चर्चित नायिका नीता ढुंगानाको दमदार नृत्य रहेको छ ।
फिसियल हाउसकि प्रवन्ध निर्देशक समेत रहेकी महराले आफ्नो पहिलो गीतले नै चर्चा बटुल्न सफल भएकोमा खुसी ब्यक्त गरिन् । ‘हामी सौन्दर्य कला क्षेत्रमा भएता पनि नेपाली मनोरंजन क्षेत्रसंग निकै नजिकको सम्बन्ध रहेको छ । त्यसैले पनि मनोरंजन क्षेत्रमा केही गरौँ भन्ने सोच पहिले देखि नै थियो । तर, के गर्ने कसरी गर्ने भन्ने अन्यौल थियो । पहिलो पाइला स्वरुप गीत लेखेँ र त्यसको भिडियो निर्माण गरी सार्वजनिक गरेको हुँ । आज दर्शकले उक्त गीत तथा भिडियो मन पराइदिनु भएको छ । त्यसले गर्दा आगामी दिनमा अझै केही गर्ने हौसला बढेको छ,’ महराले भनिन् ।

फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ । उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।