‘कबड्डी कबड्डी कबड्डी’ ट्रेलर सार्वजनिक



फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ । असोज ३ गते देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा फिल्मका दुई मुख्य कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरी बिचको प्रेम सम्बन्ध र त्यसमा आउने उतार चढावलाई प्रमुख रुपमा देखाइएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको ट्रेलरमा नायक कर्मा, कलाकार विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतलाई पनि देख्न सकिन्छ ।

सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्य रहेको फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्मलाई मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal