फ्राइडे रिलिजमा पुष्प र सम्राज्ञीको ‘मारुनी’



त्रिकोणात्मक प्रेम कथामा आधारीत फिल्म ‘मारुनी’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ संगै अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, प्रविन सिंह, विक्रम लामा, एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

शुक्रवार बाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘साहो’का कारण काठमाडौँका मल्टिप्लेक्समा केही कम शो मिलेको भएता पनि नेपाली फिल्मका दर्शकले फिल्म मन पराउनेमा विश्वस्त रहेको फिल्मकी निर्मात्री पुनम गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal