‘आमा’का लागि सुरक्षाले गरिन् कपाल मुन्डन



नायिका सुरक्षा पन्तले कपाल मुन्डन गराएको तस्बिर सार्वजनिक भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मार्फत तस्बिर सार्वजनिक गरेकी हुन् । पन्तले कथाको माग अनुसार मुण्डन गरेको बताएकी छिन ।
सार्वजनिक तस्विरमा उनका फ्यानले काम प्रति समर्पित भएको प्रतिक्रिया सहित निकै तारिफ पनी गरेका छन् ।

तस्विर: सुरक्षा पन्तको फेसबुक बाट


दिपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र ‘आमा’ को लागी उनले कपाल मुण्डन गराएकी हुन् । खनालले निर्देशन गरेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीको मुख्य भुमिका रहेको छ ।

तस्विर: दिपेन्द्र के. खनालको फेसबुक बाट

चलचित्र ‘आमा’ फागुन ९ गते देखि प्रर्दशनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal