प्रियंका कार्कीलाई म्युजियममा राखौँ कि चिडियाखानामा दोधार गरायो – गायक प्रकाश कटुवाल



लोक दोहोरी गायक प्रकाश कटुवालले नायिका प्रियंका कार्कीलाई म्युजियममा राखौँ कि चिडियाखानामा राखौँ दोधार गरायो भन्दै आक्रोश पोखेका छन् । अस्ट्रेलियाबाट नेपाल फर्कने क्रममा नायिका प्रियंका कार्कीले गरेको व्यवहारले आफुलाई लज्जित बनाएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस सहित नायिका कार्की र नायक आयुष्मान देशराज जोशीसंगको फोटो पोस्ट गर्दै आक्रोश पोखेका हुन् ।

अस्ट्रेलियामा एक साङ्गितिक कार्यक्रममा सहभागी भएर नेपाल फर्कने क्रममा आफु भन्दा अगाडी रहेकी नायिका कार्कीको छटपटी देखेर उनलाई एयरपोर्ट सम्म छोड्न गएका शिव बन्जरा मार्फत सोध्दा लगेजको वेट बढी भएको थाहा पाएर एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु पर्छ भन्ने हेतुले आफुले नायिका कार्कीको सामान आफ्नो नाममा नेपाल ल्याइदिएको तर, काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा नायिका कार्कीले आफुलाई लज्जित बनाएको उनले बताएका छन् । एयरपोर्टमा नायिका कार्कीलाई आफ्नो सामान निकाल्न अनुरोध गरेका कटुवाललाई नायिका कार्कीले उल्टै गालि गर्दै सामान अगाडि लिएर आउन भनेपछी आफुले उनको सामान रहेको आफ्नो लगेज समेत छोडेर निस्किएको स्टाटसमा बताएका छन् ।

आफुले अस्ट्रेलियाबाट नेपालसम्म नायिका कार्कीको सामान ल्याएर गुन लागाए पनि नायिका कार्कीले उक्त गुन नदेखेर धन्यवादको सट्टा लज्जित बनाएको आरोप गायक कार्कीले लगाएका छन् ।

गायक कटुवालले पोस्ट गरेको स्टाटस जस्ताको तस्तै :

अस्टे्रलिया बाट नेपाल फर्कने क्रममा प्रियंका कार्किको व्यबहार देख्दा म्युजियम मा राखौ कि चिडियाखानामा राखौ दोधार गरायो ??
घट्ना विवरण ————
म अस्ट्रेलिया बाट Ntv tv श्यामसुन्दर गिरि ज्युको प्रोग्राम सकेर नेपाल फर्कने क्रममा थिए ।
बोडिङ्ग काड लिने क्रममा म भन्दा अगाडी प्रियंका कार्की ज्यु र उहाँको एक साथी पनि हुनुहुदो रहेछ मैले देखे पुरै छ्टपटाई रहनु भएको थियोे कता कता मनले मानेन मलाई एअरपोर्ट पुराउन जानुहुने शिव बन्जरा दाइलाई सोध्नलगाए के भयो भन्नू भयो अनि उहाँले भन्नू भयो लगेको सामान बढी भयो अनि मैले सोचे मेरो लगेज 30 kg को हो मेरोमा सामान लान मिल्छ भने र उहाँको सामान मैले एउटा् मेरो नाउमा लगेज गरे र अर्को एउटा् हेन ब्याग गरेर उहाँको सामान Hongkong टान्जिट गरेर नेपाल सम्म लेर आए आउने क्रममै पनि उहाँले मलाई गरेको व्यबहार कता कता चित्तबुझ्दो थिएन तर पनि नेपालको एअरपोर्ट सम्म उहाँको सामान सुर्छित ल्याए र उहालाई भने मेरो लगेज खाली गर्दिनुस मलाई लिन साथी आको छ धेरैबेर भयो कुरिरहेको छ म जान्छु भने अनि उहाले मेरो लगेज बाट सामान पनि खोल्नु भयो तर उहाँको लगेज मा धेरै बेर कुराउनु भयो सामान सार्नु भएन अनि मैले सोधे सामान हजुरको लगेजमा सार्नुन भने अनि उल्टै मलाई गाली गरेजसरी उहाँ अगाडी लाग्नु भयो र भन्नू भयो सुन्नु भएन म अगाडि जादैछु लेर आउनुस भने पछी मलाई लाग्यो मैले धेरै नै गुन गरे अब मलाई आफ्नो खाली लगेजको पनि माया लाग्न छोड्यो र उहाँ धेरैनै अगाडी पुगि सक्नु भएको थियो र उहाँको सामान अस्ट्रेलिया बाट पो नेपाल लेर आउन सहयोग गरे अब सहयोग गर्न पर्दैन जस्तो लाग्यो र मैले उहाँको सामान बोकेको आफ्नो लगेज सहित एअरपोर्ट भित्र्नै छोडेर म आफ्नो ठूलो लगेज बोकेर आए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal