पर्यटको आकर्षण गन्तव्य बन्दै तेह्रथुमको ह्यात्रुङ झरना



तेह्रथुमको फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटको आकर्षण गन्तव्य बन्दै गएको छ ।

यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीचभागमा रहेको तिन सय ६५ मिटर अग्लो सो झरनासँगै रमाउनेको संख्या दिन प्रतिदिन बढ्दैगएको छ । झरना हेर्न विभिन्न जिल्लाबाट दैनिकरुपमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।

फुर्सदको समय तथा बिदाको दिनमा झरना हेर्न दैनिक पाच सय भन्दा बढी पर्यटक आउने गरेका छन् । जिल्लाका पर्यटकीय गन्तव्यमध्ये झरना धेरैको रोजाइमा पर्छ ।

झरनामा पुगेर पर्यटक आनन्द लिने गर्छन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।

सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्तिबजार प्रवेश गर्ने जो कोहीलाई पनि उक्त झरनाले आकर्षित गर्न थालेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत जिल्लाबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्छन्

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal