युरोपमा बर्षा, सुगम र तृष्णाको ‘पिस एन्ड यूनिटी अ म्यूजिकल टुर’



पिस एन्ड ब्यूटिफूल चिल्र्डेन वेलफेयरको आयोजनामा ‘पिस एन्ड यूनिटी अ म्यूजिकल टुर’ हुने भएको छ । असोजको २७ देखि कात्तिकको ७ गतेसम्म युरोपका विभिन्न देशमा उक्त साङ्गितिक टुर हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो कार्यक्रममा गायक सुगम पोखरेल, नायिका वर्षा राउत र गायिका तृष्णा गुरुङ सहभागी हुनेछन् । युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा यो कार्यक्रम आयोजना हुन लागेको हो । देशमा रहेका निमुखा तथा असाहय बालबालिकाहरुको आधारभुत आवश्यकता पुरा गरी उनीहरुको शिक्षा दिक्षामा सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बाटएको छ ।

कार्यक्रममा बोल्दै गायक सुगम पोखरेलले एउटा पवित्र उद्देश्यका कारण आफूहरुले थोरै पारिश्रमिक मात्र लिएर कार्यक्रममा सहभागी हुन लागेको बताए । यस्तै, नायिका वर्षा राउतले युरोपमा दर्शकहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal