‘मारुनी’को ‘हाने मैले झटारो’



नायिका सम्राज्ञी आर एल शाह, पुष्प खड्का र रेबिका गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘मारुनी’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हाने मैले झटारो’ बोलको उक्त गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको छ ।

पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द रहेको गीतमा संगीत समेत गायक काफ्ले कै रहेको छ । नायक पुष्प खड्का र नायिका रेबिका गुरुङलाई फिचर गरिएको भिडियोको कोरियोग्राफी बिक्रम लामा र एन्जिला खत्रीले गरेका हुन् ।

त्रिकोणात्मक प्रेममा आधारीत फिल्म पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माणमा तयार भएको हो । फिल्ममा साम्राज्ञी, पुष्प र रेविका संगै अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ लगायतको अभिनय रहेको छ ।

गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको फिल्ममा नवल नेपालको निर्देशन रहेको छ । फिल्ममा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, प्रविन सिंह, विक्रम लामा, एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । फिल्म भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal