नेपालगंजमा ‘मारुनी’, सम्राज्ञी र पुष्पको क्रेज यस्तो देखियो (फोटो फिचर)



नायिका सम्राज्ञी आर एल शाह, पुष्प खड्का र रेबिका गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘मारुनी’ टिम यतीबेला फिल्म प्रचारका लागी मोफसल टुरमा छ । देशका विभिन्न शहरमा कन्सर्टको आयोजना गर्दै मोफसलका दर्शक माझ फिल्म प्रचार प्रसार गरेको फिल्म यूनिटले नेपालगंजमा कन्सर्ट सम्पन्न गरेको छ । कन्सर्टमा फिल्मका मुख्य कलाकार साम्राज्ञी र पुष्प संगै निर्देशक नवल नेपाल र निर्मात्री पुनम गौतम समेतको टोलीले फिल्मको बारेमा बोलेका थिए । कन्सर्टमा नायिका सम्राज्ञी आर एल शाह, नायक पुष्प खड्का र गायक कृष्ण काफ्लेले आफ्नो प्रस्तुती राखेका थिए ।

त्रिकोणात्मक प्रेममा आधारीत फिल्म पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माणमा तयार भएको हो । फिल्ममा साम्राज्ञी, पुष्प र रेविका संगै अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ लगायतको अभिनय रहेको छ । गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको फिल्ममा नवल नेपालको निर्देशन रहेको छ । फिल्ममा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, प्रविन सिंह, विक्रम लामा, एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । फिल्म भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal