‘पासवर्ड’ ट्रेलरमा अनुप र बिक्रमको टकराव



फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नेपालबाट हराएको बहुमुल्य मुर्तीको खोजीको कथालाई देखाइएको छ । फिल्मको ट्रेलरमा अनुपलाई खलपात्रको रुपमा देखाइएको छ ।

फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ लगायतको अभिनय मुख्य भूमिका रहेको छ । फिल्मको एक गीतमा बलिउड नायिका सन्नी लियोनीले नृत्य गरेकी छिन् ।

एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, अमरजीत सिंहको छायांकन, सौरभ लामाको डीओपी रहेको छ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । सिमा गुरुङको कथा रहेको फिल्ममा महेश दवाडी र सम्राट बस्नेतको पटकथा रहेको छ ।

अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्म अमित बस्नेत र हिराल जोशीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म भदौ २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal