राहुल र एलिशाको ‘फर्की फर्की’ (भिडियो)



म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतको भिडियोमा राहुल र एलिशा बिचको प्रेमभाव देखाइएको छ ।

गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर रहेको छ भने संगीत गायक रावल स्वयंले गरेका हुन् । फिल्मी शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टले कोरेका हुन् । गीतको भिडियो निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका छन् । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेका छन् । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal