‘प्रेमगीत ३’ को शिर्ष गीतमा ८० जना कलाकार



सफल फिल्म प्रेमगीतको तेस्रो सिक्वेल ‘प्रेमगीत–३’को शिर्ष गीत रेकर्ड भएको छ । ‘प्रेमगीत–३’को शिर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको हो । फिल्मको गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाद्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्ड गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

निर्माता सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायतका कलाकारहरु रेडियो नेपाल पुगेका थिए ।

आकेष्ट्रा सहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन् ।

दशैं लगत्तै छायांकनमा जाने ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका,कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको भूमिका रहनेछ ।

फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । फिल्मको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । ‘प्रेमगीत–३’ नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal