दक्षीण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’



सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ । अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षीण कोरियाको सिउलमा हुनेछ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षीण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । यस किसिमको अवार्ड पहिलो पटक बिदेशमा हुन लागेको कार्यक्रम संयोजक प्रेम पोखरेलले बताए ।

सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ विश्वास आयोजकले गरेको छ । पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बिभु न्यौपानेले जानकारी दिए । संस्थाको आन्तरिक टिमले नै अवार्ड प्राप्त गर्ने व्यक्तिहरुको छनोट गर्नेछ । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था क्लब फोर्टी इन्टरनेसनलले यो अवार्डबाट समाजमा रहेका सामाजिक अभियन्ताहरुको हौसला बृद्दी गर्ने र उनीहरुलाई सामाजिक कार्यमा अझै अघि बढ्न प्रोत्साहन हुने लक्ष्य लिएको छ । यो अवार्डलाई बार्षिक रुपमा निरन्तर गर्दै जाने पनि आयोजकले जानकारी दिए ।

समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आउनुभएका सामाजिक अभियन्ताहरुलाई यस कार्यक्रममा सहभागिता जनाई यस कार्यक्रमको शोभा बढाइदिन र सहभातिको लागि क्लब फोर्टी इन्टरनेसनलको कार्यलय पानी पोखरी सम्पर्क गर्न समेत आयोजक टिमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal