विशेष शोमा रुचाइयो ‘जाइरा’



शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘जाइरा’लाई सकारात्मक प्रतिकृया मिलेको छ । शुक्रवार बिहान नेपाली चलचित्रकर्मी र पत्रकारहरुको उपस्थितीमा आयोजना गरिएको विशेष शोमा फिल्म हेरेका अधिकांशले फिल्म राम्रो बनेको बताए । फिल्मको छायांकन पक्ष भने केही कमजोर रहेको प्रतिकृया विशेष शो हेरेका पत्रकार तथा कलाकर्मीले दिएका थिए । फिल्ममा नायिका नम्रता श्रेष्ठ, नायक अनुप विक्रम शाही, नायक प्रमोद अग्रहरी र नव नायिका श्रृजना रेग्मीको मुख्य भूमिका रहेको छ ।

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता, अनुप, प्रमोद र शृजनासंगै रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुती रहेको फिल्ममा निर्देशक आशुतोषकै कथा रहेको छ भने पटकथा आशुतोष र निरोज महर्जनको रहेको छ । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द रहेको छ । फिल्मका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal