‘हिमालय रोडिज’मा अनुप विक्रम शाहीको इन्ट्री



चर्चित रियालिटी शो हिमालय रोडिजमा अनुप विक्रम शाहीको इन्ट्री भएको छ । दुई सिजनको समाप्ती संगै यतीबेला हिमालय रोडिज आयोजक सिजन ३ को तयारीमा छ । सिजन ३को अफिसियल घोषणासंगै यस सिजनमा जजको रुपमा चर्चित अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् ।

यसअघिको सुई सिजनमा रेमनदास श्रेष्ठ, दिया मास्के र आशिष राना (लाउरे) जजको रुपमा रहेका थिए । यस सिजनका लागी अनुप जजको रुपमा थपिएका हुन् या कसैको ठाउँमा आएका हुन् भन्ने यकिन भएको छैन । आयोजकले शुक्रवार सिजन ३को घोषणा गर्दै नयाँ जजको रुपमा अनुप बिक्रम शाहीलाई सार्वजनिक गर्न लागेको हो ।

यस रियालिटी शो पहिलो सिजन सनम श्रेष्ठले जितेका थिए भने दोश्रो सिजनको विजेता आयुष श्रेष्ठ बनेका थिए । आयोजकले रोडिजमा सहभागीता जनाउन चाहनेहरुका लागी देशभरका विभिन्न स्थानमा अडिसन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal