उदिप संग आँचलको प्रेम चर्चा



नायिका आँचल शर्मा र नायक पल शाहको प्रेम चर्चा पछिल्लो समय सेलाउन थालेको छ । पलसंगको सम्बन्ध सेलाए पनि उनको प्रेम चर्चा भने सेलाएको छैन । अहिले आएर उनको प्रेम डा. उदिप श्रेष्ठसंग रहेको चर्चा सुरु भएको छ । पछिल्लो केही समय यता आँचल र उदिपको निकटता निकै बढेको छ ।

सामाजिक संजालमा दिनहुँ जसो सार्वजनिक हुने उनीहरुको फोटोले पनि उनीहरुको निकटता प्रस्ट्याएको छ । ‘क्याचिङ अप विथ माई बेस्टेस्ट फ्रेन्ड’ भन्दै उदिप श्रेष्ठसँगको पहिलो फोटो पोस्ट गरेकी आँचलले त्यसयता विभिन्न प्रसङ्गका फोटोहरु पोस्ट गर्दै आएकी छिन् ।

हालै उदिपसंगको डिनरको भिडियो स्टोरी सेयर गरेकी उनले अर्को एक फोटो पोस्ट गरेकी छिन् जसमा ‘सम पिपल आर वर्थ मेल्टिङ फर लभ’ लेखेकी छिन् । उनको पोस्टको अर्थ हुन्छ, ‘कुनै मानिसका लागि मायामा पग्लिनु पनि सार्थक हुन्छ’ । उनको यो पोस्टले पनि उदिप प्रतिको उनको प्रेम झल्काएको छ । ब्यवसायी उदिप फिटनेश न्युट्रिसन स्पेसलिस्ट डाक्टर हुन् ।

उनीहरु वास्तविक रुपमा प्रेममा छन् या छैनन् त्यो त उनीहरुलाई नै थाहा होला । तर, उनीहरुको निकटताले शंका गर्ने ठाउँ भने पक्कै दिएको छ ।

फोटो : सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal