अक्षयलाई रिप्लेस गर्दै कार्तिक ‘भुल भुलैया२’



एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म ‘भुल भुलैया’को सिक्वेलमा कार्तिक आर्यनले अक्षयलाई रिप्लेस गरेका छन् । यसको सिक्वेलमा अक्षय नै हुने चर्चा भएता पनि कार्तिक पक्का भएका छन्।

 फिल्मको अफिसयल पोस्टर पनि सार्वजनिक गरिएको छ। फिल्मको पोस्टरमा कार्तिक मानव कंकालमा सुतिरहेको देख्न सकिन्छ । अनिस बज्मीले निर्देशन गर्न लागेको फिल्मलाई भूषण कुमार, कुराद खेतानी र कृष्ण कुमारले निर्माण गर्न लागेका हुन् । यसको सिक्वेल १३ वर्ष पछि बन्न लागेको हो । पोस्टरमा पनि १३ वर्ष पछि लेखिएको छ ।

        
प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal