आर्यन र मिरुनाको ‘च च हुई’ पोस्टर



चकलेटी नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोस्टरमा आर्यनलाई को-स्टार मिरुना मगर र भोलाराज सापकोटाको साथमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेका छन् । अर्कोमा माओत्से गुरुङ सहित केही चियाई रहेको देख्न सकिन्छ । पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको रहेको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् ।

मङ्सिर ६ मा रिलिज हुने फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउंदैछन् । लभर ब्वाईको भूमिकामा सर्वा्धिक रुचाइएका चकलेटी हिरो आर्यन र ‘लालपूर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी मिरुनाले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायाँकन सुशन प्रजापतिको रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । फिल्ममा श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

फिल्ममा दर्शकले आफुलाई रोमान्टिक अन्दाजमा पाउने नायक आर्यन सिग्देलले बताए । ‘फिल्मको बारेमा अझै आउने गीतसंगीत र ट्रेलरले प्रस्ट्याउने नै छ । तर, दर्शकले इञ्जोय गर्ने फिल्म बनाउने कोसिस गरेका छौ । विना सम्झौता तयार गरिएको फिल्ममा मलाई विदेशबाट देश, राष्ट्रियता सम्झेर देश फर्किने युवाको क्यारेक्टरमा देख्न पाउनु हुनेछ’, आर्यनले भने ।
त्यस्तै निर्देशक साम्तेन भुटियाले यसपटक कमर्सियल फिल्म बनाउने कोसिस गरेको बताए । उनले भने, ‘फिल्म रोमान्टिक कमेडी हो । मैले निर्देशन गरेको पछिल्लो फिल्मको तुलनामा यो फिल्म टोटल फरक छ । आर्यनलाई हामीले उनलाई सुहाउने क्यारेक्टरमा प्रस्तुत गरेका छौँ । दर्शकले आर्यनको रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्न हुनेछ ।’
यसै फिल्म मार्फत फिल्म निर्माणमा डेब्यु गरेका अमृत घोले लामाले आफु फरक क्षेत्रबाट फिल्म निर्माणमा आएको र दर्शकको रुची अनुसारकै कथावस्तुमा आधारित रहेर फिल्म तयार गर्ने कोसिस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal