कलाकार शुभद्रा अधिकारीको निधन



कलाकार शुभद्रा अधिकारीको निधन भएको छ । उनको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो ।

७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा सुरुवात गरेकी हुन् ।

नाटकमा निकै जमेकी उनले दर्जनौँ नेपाली फिल्महरुमा अभिनय गरेकी छिन् । उनको ६३ वर्ष लामो कला यात्रालाई समेटेर ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक समेत प्रकाशित भएको छ ।

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् । उनका १ छोरा र छोरी छन् ।

उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागी शनिवार दिउसो १ बजे देखी ३ बजे सम्म पशुपति आर्यघाट परिसरमा राखिने चलचित्र कलाकार संघकी उपाध्यक्ष नायिका रेजिना उप्रेतीले बताइन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal