योगेन्द्र खनाल र जुनु गौतमको ‘चट्ट रुमाल’ (भिडियो)

योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । ‘चट्ट रुमाल’बोलको गीतमा शब्द राधा सुबेदीको रहेको छ भने संगीत योगेन्द्र खनाल र राधा सुबेदीको रहेको छ ।
लोक लयमा आधारित गीतको भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । सन्तोष नेपालीले कोरियोग्राफी गरेको भिडियोलाई युबराज खत्रीले छायाँकन गरेका हुन् भने सम्पादन सीताराम भट्टराईले गरेका छन् । भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुना फिचर्ड छन् ।