विनोद र विनुको अभिनयमा डा. बरालको ‘मिरमिरेको लाली फिक्का’



डा.अनिल बरालको रचना रहेको नयाँ गीत ‘मिरमिरेको लाली फिक्का’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ ।

युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा नायक बिनोद न्यौपाने र विनु शाक्य फिचर्ड छन् । उत्सब दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालको यसअघि ‘एउटा खाता’, ‘अगालै भरी’ लगायत गीतको भिडियो आइसकेको छ भने राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal