सन्तोष कालिकोटेको ‘तिम्रो त्यो नसालु’ (भिडियो)



‘तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘तिम्रो त्यो नसालु’को भिडियो सार्वजनिक भएको छ । गीतमा एरेन्ज भने रिकेश गुरुङको रहेको छ ।

रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा जय रसाइली र रिमा बिस्वकर्माको अभिनय देख्न सकिन्छ ।

गोदावरी आसपासका स्थानमा खिचिएको गीतको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको छ । गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन् ।
गायक कालिकोटेको यसअघि ‘छटपटि’, ‘गुन्द्रुक मिठो’, ‘जालैमा जालैमा’ लगायतका गीतहरु चर्चित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal