मुन्नीको अभिनयमा साहिलको ‘सरिमै लाउनी’ (भिडियो)



पछिल्लो समय हाँस्य टेलिशृंखला भद्रगोलबाट चर्चामा रहेकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रियनाको साथमा साहिल खड्काको अभिनय रहेको छ । भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन् ।

‘सरिमै लाउनी’ बोलको उक्त गीतको भिडियोमा असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सागर मगरको कोरियोग्राफी रहेको छ ।

भिडियो लिङ्क : https://youtu.be/1B5HnTI9XBE

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal