रवि लामिछाने पक्राउ



प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

पत्रकार शालिग्राम पुडासैनीको आत्महत्याको विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि भन्दै प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई न्युज २४ को कार्यालय महाराजगन्जबाट १९:२० बजे जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलिले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal