तामिल स्टार विजयले 400 जनालाई दिए सुनको औंठी



तामिल स्टार विजय चाँडैनै नयाँ फिल्म ‘बिगिल’ लिएर आउँदैछन । यस फिल्मको सुटिङ सकिएको छ ।सफलतापूर्वक फिल्मको सुटिङ सकिएको खुशीमा विजयले उपहारका रूपमा करिब 400 क्रू मेंबर्सलाई सुनको औंठी दिएका छन। उत्त औंठीमा फिल्मको नाम BIGIL (अङ्रेजीमा) लेखिएको छ ।

सुटिङको अन्तिम दिन मंगलवार साँझ विजयले सबैलाई यो उपहार दिएका थिए । एजीएस सिनेमाका मुख्य कार्यकारी अधिकारी र बिगिलका निर्माता अर्चना कुलपतिले ट्विटर मार्फत यो जानकारी दिएका छन । उनले आफ्नो ट्वीटमा भने- ‘ बिगिल फिल्ममा जम्मा 400 मानिसहरूले काम गरे। विजयले आज प्रत्येक क्रू मेंबर्स लाई उनीहरूको कडा परिश्रम र सफल कामका लागि उपहार दिए। विजयले यस मायालु उपहारका साथ सबैका मन जितेका छन्।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal